२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कपिलवस्तुमा सलह ठूलो समूहमा प्रवेश, अर्घाखाँची र प्युठानमा पनि पुग्यो


0
Shares

कपिलवस्तु, असार १४ । कपिलवस्तुमा सलह किरा व्यापक रुपमा देखापरेको छ ।

जिल्लाका तौलीहवा, पकडी, लवनी लगायतका क्षेत्रमा ठूलो संख्यामा सलह प्रवेश गरिरहेको छ ।

किराको प्रबेशसंगै जिल्लाका किसानहरु चिन्तित बनेका छन् ।

किराले बाली खान सुरु गरिसकेको छ । यस्तै अर्घाखाँचीमा पनि सलह भित्रिएको छ ।

जिल्लाकोे दक्षिणी भेग शितगंगा नगरपालिकाको सुर्वणखाल, शितापुरका केही भुभागमा सलह देखिएको कृर्षी ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख देवेश कुमार मिश्रले जानकारी दिनुभएको छ ।

सलहले मकै बाली लगायतका अन्य बालीमा क्षति पुर्‍याएको छ ।