३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


कर्णेल कार्की जेल चलान


0
Shares

काठमाडौं, जेठ ११ । नेपाली सेनाका प्रमुख सेनानी केशवराज कार्कीलाई भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएको छ ।

उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरेर पुर्पक्षका लागि तीन महिना केन्द्रीय कारागार पठाइएको हो ।

उनलाई गण र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको रकम बराबरको ४९ लाख २९ हजार ८८ हजार रुपैयाँ विगो भराउनसमेत आदेश दिइएको छ ।

कार्कीले सरकारी रकम हिनामिना गरी सैनिक अनुशासन र आचरणविपरीत कार्य गरेकामा २०७६ वैशाखमा गठित समरी सैनिक जनरल अदालतले दोषी ठहर गरेको थियो ।

उनले फैसला चित्त नबुझे पुनरावेदन गर्न पाउने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

कार्की कालिसिद्धी गण उदयपुरका प्रमुख हुन् ।