Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


‘क्वारेन्टिन’का भान्सेको मृत्यु


0
Shares

विनोदसिंह विष्ट (इमेज)

बैतडी, असार १३ । बैतडीको दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको ‘क्वारेन्टिन’का एकजना भान्सेको मृत्यु भएको छ ।

शनिबार बिहान घरमा एक्कासि बिरामी भएका ५३ वर्षीय पुरुषको उपचारका लागि जिल्ला अस्पताल लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी दुई महिनादेखि क्वारेन्टिनको भान्सामा सहयोगीको रुपमा काम गर्दै आएका थिए ।

मृतकको स्वाब संकलन गरी ‘पीसीआर’ परीक्षणका लागि धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभएको छ ।

दशरथचन्द नगरपालिकामा हाल ३० जना कोरोना संक्रमित रहेका छन् भने बैतडी जिल्लाभरि २०६ जनामा कोरोना पुष्टि भएको छ ।