
Picture: Web
काठमाडौं, असार १२ । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार ९ सय बढी पुगेको छ ।
साथै कोरोना संक्रमितको संख्या ९७ लाख १७ हजार ५३ बढी पुगेको छ ।
५२ लाख ५३ हजार ६ सय बढी जना निको भइसकेका छन् ।
कोरोना महामारीका कारण सबैभन्दा बढी अमेरिका प्रभवित भएको छ त्यहाँ २५ लाख ४ हजार ६ सय बढी संक्रमित भएका छन् ।
एसियामा २० लाख ७७ हजार १ सय बढी संक्रमित छन् भने ५२ हजार ९१ जना बढीको मृत्यु भइसकेको छ ।
अफ्रिकामा ३ लाख ५० हजार ८६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार १०४ जनाको मृत्यु भएको छ ।
ओसियानामा ९ हजार २२४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय २६ बढीकोे मृत्यु भएको छ । (एजेन्सी)




प्रतिक्रिया दिनुहोस्