
बैतडी, असार १२ । बैतडीका सबै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ ।
पुर्चौंडी नगरपालिकाका ४ जनामा शुक्रबार कोरोना पुष्टि भएसँगै जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
बैतडीमा शुक्रबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंमा गरिएको परीक्षणमा सिगास गाउँपालिकाका १८ जना, पञ्चेश्वर गाउँपालिकाका ७ जना र पुर्चौडी नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लाका संक्रमितमध्ये १२९ जना क्वारे६िनमा रहेका छन् भने ७६ जना होम आइसोलेसनमा पठाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमख योगेशप्रसाद भट्टले जनाकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्