३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान भने चिन्तित


0
Shares

धनकुटा, असार २९ । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि किसान भने चिन्तित भएका छन् ।

आँपको मूल्यमा गिरावट आएपछि यो बर्ष धनकुटाका आँप उत्पादक कृषक मारमा परेका छन् । अघिल्ला बर्षहरुमा प्रतिकेजी ८० रुपैयाँ सम्ममा बिक्री भएको आँप यो बर्ष भने प्रतिकेजी २५ रुपैयाँमा मात्र बिक्री भएको छ ।

धनकुटामा उत्पादित आँपको मुख्य बजार तराइ भए पनि यस बर्ष तराइमा आँपको माग नहुँदा भाउ घटेको स्थानीय ब्यापारी बताउँछन् ।

जिल्लामा करिब २ सय ८७ हेक्टर क्षेत्रफलवाट बार्षिक ११ सय २२ मेट्रिक टनको हाराहारीमा आँप उत्पादन हुने गरेको छ ।

धनकुटाको अरुण तमोरको गडतिर तथा बेसीमा माल्दह, बम्बई, कृष्णभोग, आम्रपाली, मल्लीका, दशहरी लगायतको आँप उत्पादन हुने गरेको छ ।