१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सुदूरपश्चिम यातायातले व्यवसायी र मजदुर मर्कामा परेको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझायो


0
Shares

कैलाली । लकडाउनका कारण यातायात व्यवसायी र मजदुरहरु मर्कामा परेको भन्दै सुदूरपश्चिम यातायात प्रालिले प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरा र आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रालिका अध्यक्ष पदमराज सापकोटाको नेतृत्वको टोलीले कोरोना भाइरसका कारण भएको लामो लकडाउनले यातायात व्यवसायी र मजदुरमा पर्न गएको समस्याको विषयमा आफ्नो माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।

लकडाउनका कारण यातायात सञ्चालन हुन नसक्दा बैंकको किस्ता, व्याजका साथै कर नवीकरण शुल्क र बिमाको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको प्रालिका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझ्दै प्रदेश सरकारका मुख्य मन्त्री भट्टले यातायात ब्यबसायी तथा मजदुरहरुको समस्या संघीय सरकार समक्ष राख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।