३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


जग्गा हालसाविक गर्दा ‘डेढ लाख घुस’


0
Shares

काठमाडौं, जेठ १० । सामान्यतया जग्गाको हालसाविक गर्दा तोकिएको न्यूनतम् शुल्कबाहेक अरू कुनै रकम तिर्नुपर्दैन ।

तर, नापी कार्यालयका कर्मचारीले मोटो रकम लाग्ने भन्दै सेवाग्राहीसँग घुस लिने गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा हालसाविक गर्न मोटो रकम घुस माग्ने नापी कार्यालयका सर्वेक्षक पक्राउ गरेपछि सो कुराको खुलासा भएको हो ।

जग्गाको हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा नापी सर्वेक्षक र लेखापढी व्यवसायीलाई घुससहित फक्राउ गरेको छ ।

आयोगकाअनुसार नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीले एक सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिएको पाइएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाकाअनुसार आरोपीद्वयलाई बिहीबार नापी कार्यालय साँखु परिसरबाट पक्राउ गरिएको हो । आरोपीद्वयको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस