२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बैतडीमा चार लाख बराबरको अखाद्य बस्तु र पेय पदार्थ बरामद


0
Shares

बैतडी । बैतडीमा बजार अनुगमन गर्दा करिब ४ लाख बराबरको अखाद्य बस्तु र पेय पदार्थ बरामद गरिएको छ ।

जिल्लास्थित सरोकारवालाहरुको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा झण्डै ४ लाख रुपैया बढीको अखाद्य बस्तु र पेय पदार्थ बरामद गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मायादेवी जोशीले जानकारी दिनुभयो ।

जिल्लाका ५ स्थानीय तहका करिब १ दर्जन बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको सामग्री बरामद गरि नष्ट गरिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा ४ जनालाई जरिवानासमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताउनुभयो ।