
काठमाडौं । चीन र भारतबीच लद्दाख सीमा विवाद चर्किरहेकै बेला भारतीय सेना प्रमुख जनरल एम.एम नरवणे लद्दाख पुग्नुभएको छ ।
त्यहाँको हालै वास्तविक नियन्त्रण रेखामा भएको भिडन्तपछिको अवस्था बुझ्न र भारतीय सेनाको मनोबल बढाउन भारतीय सेना प्रमुख लद्दाखको पुग्नुभएको बताईएको छ ।
सोही क्रममा उहाँले लद्दाखमा रहेको सेनाको क्याम्पको अवलोकन गर्नुका साथै भारतीय सेनाहरुको उच्च नैतिकता कायम राखी उत्साह र जोशका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
उहाँले चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाएका आफना सैनिकरुको नाममा मौन धारण पनि गर्नुभयो । सेना प्रमुख नरवणे लद्दाखमा दुई दिन सम्म रहनुहुने बुझिएको छ ।
जुन १५ को राति गलवान उपत्यकासँग सीमा जोडिएको लद्दाख सीमा क्षेत्रमा भारत र चीनका सेनावीच भडन्त भएको थियो ।
भिडन्तमा भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो भने चीनका दुई सैनिक अधिकृतको पनि ज्यान गएको थियो । घटनापछि दुई देशको तनाव उत्कर्षमा पुगेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्