३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


३१ लाख नगदसहित दुईजना पक्राउ


0
Shares

काठमाडौं, जेठ ९ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले स्रोत नखुलेको रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले काठमाडौं महानगरपालिका–३१ स्थित सडकमा बा१४च ८९५९ नम्बरको सवारी जाँचकाक्रममा स्रोत नखुलेको नगदसहित भक्तपुरका ५० वर्षीय राजभाई सञ्जु र झापाका ३३ वर्षीय अभिषेक सावालाई बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

प्रहरीले सञ्जु र सावासँग रु ३१ लाख बरामद गरेको छ ।

पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ । रासस