काठमाडौं, जेठ ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएकामा बिहीबार बधाइ दिएका छन् ।
नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले लोकसभा निर्वाचनमा प्रधानमन्त्री मोदी र उनको दल भारतीय जनता पार्टीले भारी मत प्राप्त गरेकामा शुभकामना व्यक्त गरेका हुन् ।
भारतीय लोकसभा निर्वाचनको बिहीबार मतगणना भइरहेको छ ।
कुल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय गठबन्धनले स्पस्ट बहुमत हासिल गर्ने देखिएको छ । रासस









प्रतिक्रिया दिनुहोस्