कन्चनपुर, जेठ ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीयताप्रति वर्तमान सरकारले हेलचेक्र्याइँ गरेको बताएका छन् ।
बिहीबार प्रेस युनियन कन्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार संघीयतालाई ‘फेल’ गराउनतर्फ अग्रसर भएको आरोप लगाए ।
पौडेलले राजनीतिमा भएका विकृति र विसंगतिलाई आफूले हटाएरै छाड्ने भन्दै त्यसका लागि आफू प्रयासरत् रहेको बताए ।
पार्टी जात र भूगोलको आधारमा नभइ सिद्धान्तको आधारमामात्र अघि बढ्ने जिकिर उनले गरे ।









प्रतिक्रिया दिनुहोस्