२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौं उपत्यका भित्रिनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्नुपर्ने गृहको निर्देशन


0
Shares

काठमाडौं, असार ९ । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिनेहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

पछिल्लो समय काठमाडौं फर्कनेको संख्या बढेको र घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिएको भन्दै दैनिक एक हजार बढी मानिस शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जान थालेपछि गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

सो अस्पतालले बाहिरबाट आउनेलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएपछि गृहले जिल्ला प्रशासन कार्यालयहरुलाई यस्तो निर्देशन दिएको हो ।