२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रदेश २ मा थपिए एकैदिन ६८ जना संक्रमित


0
Shares

जनकपुर, असार ९ । प्रदेश २ मा मंगलबार ६८ जना कोरोना संक्रमित थपिएका छन ।

योसंगै संक्रमितको संख्या ३ हजार ९७ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार धनुषामा २९, महोत्तरी १२, सिरहामा ७, सप्तरीमा ५, रौतहटमा १३ र सर्लाहीमा २ जना कोरोना पुष्टि भएको हो ।

केन्द्रीय प्रयोगशाला, जनकपुर स्थित प्रादेशिक र राजविराज स्थित प्रयोगशालामा गरिएको परिक्षणमा धनुषाको लक्ष्मीनिया गाउँपालिकामा १४, मिथिला बिहारीमा ३, सबैलामा १०, जनकनन्दनी र औरही गाउँपालिकामा १/१ जना गरी २९ जनामा कोरोना पुष्टि भएको हो ।