३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


‘राष्ट्रपतिलाई कार्पेट फेर्ने पैसाले क्वारेन्टिनको चुकुल हालिदिएको भए महिला बलात्कृत हुनु पर्दैनथ्यो’


0
Shares

parliament

काठमाडौं, असार ९ । सांसदहरुले सरकार जनताको करबाट संकलित राज्य कोष उल्फाको धनका रुपमा उडाउनमा उद्दत रहेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधि सभामा बोल्ने सांसदहरुले कोरोना संक्रमण रोकथामका लागि पैसा छैन भन्ने सरकारले मनपरी ढुकुटीको रकम खर्च गरिरहेको भन्दै आपत्ति जनाएका हुन् ।

नेपाली कांग्रेसीकी सांसद रंगमती शाहीले सरकारले राष्ट्रपतिको कार्पेट फेर्न करोडौं खर्च गर्नुको सट्टा क्वारेन्टिनका ढोकाहरुमा चुकुल हालिदिएको भए महिलाहरु बलात्कृत हुनुबाट जोगिन सक्थे भन्दै ध्यानाकर्षण गराउनु भयो ।

सरकार जोगाउन सांसदहरुलाई चार/चार करोड बाँड्न सक्ने सरकारले, कोरोना संक्रमण नियन्त्रण गर्न सम्पूर्ण व्यवस्था हुँदाहुँदै पनि सरकारले नगरेको र कोरोनालाई झाडापखाला जस्तो मात्र ठानेको, सीमामा राम्रो परीक्षण नै नगरी मानिसहरुलाई भित्र्याएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कोरोना संक्रमण रोकथाम गर्नेभन्दा संक्रमितको टाउको गनेर बसिरहेको अरोप उहाँले लगाउनुभयो ।

अर्का सांसद डा. मीनेन्द्र रिजालले मुलुकका जनता कोरोनामा एउटा मास्क नपाइरहेका बेला प्रधानमन्त्रीलाई ५ करोडको गाडी किन किन्न खोजिएको हो जवाफ दिन माग गर्नुभयो ।

डा. रिजालले कि बेसार थेरापीको अपार सफलतापछि पैसा खर्च गर्ने ठाउँ नपाएर उल्फाको धन झै फजुल खर्च गर्न लागिएको हो भन्दै गृहमन्त्रीसँग जवाफ माग्नुभयो ।