Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


प्रहरीमा ३० वर्षपछि मात्रै ३० वर्षे सेवा अवधि हट्ने


0
Shares

काठमाडौं, जेठ ७ । नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विधेयकको मस्यौदा तयार भएको छ ।

गृह मन्त्रालयले तयार पारेको मस्यौदामा ३० वर्षपछि भने ३० वर्षे सेवा अवधि कायम नरहने व्यवस्था गरिएको छ ।

प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गर्न बनेको नेपाल प्रहरीको गठन तथा सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ऐनका रुपमा लागू भएपछि भर्ना भएका प्रहरी कर्मचारीका हकमा मात्रै ३० वर्षे सेवा अवधि लागू नहुने विधेयकमा उल्लेख छ ।

यस्ता प्रहरी कर्मचारीका लागि उमेर हद वा पदावधिका आधारमा अवकाश पाउने प्रस्ताव गरिएको छ । –नागरिक दैनिकबाट