दाङ, जेठ ६ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नै नगरी ल्याइएको बताएका छन् ।
प्रेस संगठन दाङले सोमबार घोराहीमा गरेको पत्रकार भेटघाटमा उनले विधेयक आएपछि पनि पार्टीमा कुनै छलफल नभएको प्रस्ट पारे ।
महत्वपूर्ण निर्णयहरु गर्दा पार्टीमा छलफल हुनुपर्नेमा त्यसो हुन नसक्दा अनावश्यक आलोचना खेप्नुपरेको उनको भनाइ थियो ।
पार्टीमा छलफल गरेरमात्रै महत्वपूर्ण निर्णयहरु लिनुपर्ने आफूहरुको मागको नेतृत्वबाट सुनुवाइ नभएको गुनासो पनि नेता नेपालले गरे ।









प्रतिक्रिया दिनुहोस्