
काठमाडौं, चैत १८ । युरोपेली युनियन र भारतले ‘नेपालको संविधान अपूरो रहेको’ भन्दै वक्तव्य निकालेकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ ।
परराष्ट्र मन्त्रालयले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘लोकतान्त्रिक विधिबाट जारी भएको संविधानलाई अपूरो भन्दै वक्तव्यबाजी गर्नुले नेपाली जनताको भावनामा चोट चोट पुर्याएको’ बताएको हो ।
‘संविधान निर्माण नेपालको नितान्त आन्तरिक मामिला हो’ भन्दै विज्ञप्तिमा ‘संविधान जारीपछि नेपाल विकास निर्माणको बाटोमा अघि बढिसकेको’ उल्लेख छ ।
परराष्ट्र मन्त्रालयले भनेको छ–‘इयु र भारतको वक्तव्यबाट राष्ट्रसंघीय वडापत्रमा उल्लेखित अहस्तक्षेपको आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको छ ।’
भारत र युरोपेली युनियनलाई नेपालको सार्वभौमसत्ता र प्रजातान्त्रिक अधिकारको सम्मान गर्न पनि र यसखालका अनावश्यक वक्तव्यबाजी नगर्न पनि नेपाल सरकारले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्