
काठमाडौं, असार २९ । मुलुकको वैदेशिक व्यापार विस्तार हुँदै एक सय ५२ भन्दा धेरै देशमा पुगिसकेको छ । एक लाखभन्दा तलको व्यापार गर्ने मुलुकको संख्या दर्जनौं छन् ।
वैदेशिक व्यापारको तथ्यांक हेर्दा चाख लाग्दो विषय के छ भने, नेपालले व्यापार गर्ने एक सय ५२ मुलुकमध्ये ४४ देशसँग दुईपक्षीय व्यापार छैन । अर्थात ४४ मुलुकबाट नेपालले आयात मात्र गरेको छ, निर्यात शून्य छ ।
त्यसो त सानो संख्यामा भए पनि नेपालले निर्यात मात्र गर्ने मुलुकको संख्या ११ छ । यसैमा अर्को रोचक तथ्य के छ भने, नेपालले आयातमात्र गर्ने मुलुकको संख्या बढिरहँदा निर्यातमात्र हुने देशको संख्या घटिरहेको छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्