
काठमाडौं, चैत २२ । घरमा लडेर घाइते भएका नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतको कुर्कुच्चाको जोर्नीको शल्यक्रिया र केही दिनको अस्पताल बसाइपछि सोमबार धापासीस्थित ग्रान्डी अस्पतालबाट घर फर्किएका छन् ।
अस्पतालका मेडिकल डाइरेक्टर तथा अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेलगायतका चिकित्सकको टोलीले गत शुक्रबार उनको कुर्कुच्चाको जोर्नीको सफल शल्यक्रिया गरेको थियो ।
गत १७ गते बुधबार अपरान्ह आफ्नै घरको भर्याङबाट लडेर बायाँगोडामा चोट लागेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । रासस
तस्वीर सौजन्यः ग्रान्डी अस्पताल/रासस ।
प्रतिक्रिया दिनुहोस्