२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


न्युयोर्कमा ‘नेपाल डे परेड’ को भब्य तयारी


0
Shares

न्यूयोर्क, चैत २३ । आगामी मे २२ तारिकका दिन अमेरिकाको न्युयोर्क सहरमा ‘नेपाल डे परेड’ को आयोजना हुने भएको छ । न्युयोर्कको म्यानहाटनस्थित ‘ब्रोड वे’ मा सञ्चालन गरिने परेडको उद्घाटन न्युयोर्क राज्यको डेमोक्रयाट् सिनेटर चाल्र्स सुमरले गर्ने आयोजकमध्येका एक जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले बताए ।

सो कार्यक्रममा सहभागी हुन न्युयोर्क र सो आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई सहभागीताका लागि अनुरोध गरिएका छ । जनसम्पर्क समिति अमेरिकका, प्रवासी नेपाली मंच, र आदिवासी जनजाती महासंघको संयूक्त आयोजनामा हुन लागेको परेडका लागि हालसम्म न्युयोर्कका दुई दर्जनभन्दा बढी संघ संस्थाहरुको सहयोगमा सम्पन्न हुन लागेको अध्यक्ष विष्टले बताए ।

कार्यक्रमबाट नेपालमा बैशाख १२ को शक्तिशाली भूकम्पपश्चात नेपाल भ्रमणमा भएको भ्रम हटाउन सहयोग पुग्ने आयोजकले बताएका छन । आयोजक संस्था प्रवासी मन्चका अध्यक्ष थापाले पनि यो ऐतिहासीक अवसरमा अमेरिकामा रहेका सबै नेपालीले एक भएर बिषेश परेड गर्नु आफुहरुको उद्धेश्य रहेको  बताएका छन् ।

फिप्पनाका अध्यक्ष लुईसागं वाईवाले कार्यक्रको अग्रसरता आफुहरुले लिए पनि अमेरिकामा रहेका सबै संस्थाहरुसंग सहकार्य गरे कार्यक्रमलाई भब्य पार्ने योजनामा आफुहरु रहेको बताएका छन् । न्यूयोर्कमा पहिलो पटक नेपाल चिनाउने परेड हुन लागेकोमा अमेरिकामा रहेका अधिकांश नेपाली हौसिएका छन् ।

यस कार्यक्रममा नेपालको सास्कृतिक विविधता झल्कने झाँकीहरु, पर्यटन प्रर्वद्धनका सामाग्रीहरुको प्रर्दशनी, साथै नेपालको व्यापार प्रवर्दनका लागि सहयोगी सामाग्रीहरुको प्रदर्शन गरिने आयोजकहरुले बताएका छन ।

न्यूयोर्कस्थित महावाणिज्य दुतावासका तर्फबाट वाणिज्यदुत कृष्ण कुमार सुवेदीले एक विज्ञप्ति जारी गर्दै सो कार्यक्रमलाई भव्य बनाउन नेपाली समुदायलाई अनुरोध गरेका छन । सो कार्यक्रममा कम्तीमा ५ हजार नेपालीले सहभागीता जनाउने अनुमान आयोजकले लिएका छन ।

संसारभरिकै विविधता बोकेको न्युयोर्कमा विभिन्न देश एवम विविध कला संस्कृति र धर्म सम्बन्धी परेडको आयोजना भइरहने न्यूयोर्कमा नेपाली समुदायले गर्न लागेको पहिलो परेड हो । न्युयोर्कको आधिकारिक निकायले परेडका लागि तीन घण्टाको समय स्वीकृत गर्ने कानुनी व्यवस्था रहेको छ ।