
काठमाडौं, चैत २६ । विभिन्न कारणले नागरिकता नपाएकाहरुलाई नागरिकता दिलाउन पहल गर्ने भन्दै शुक्रबार राष्ट्रिय सञ्जाल गठन गरिएको छ ।
महिला कानुन विकास मञ्च र सञ्चारिका समूहको पहलमा ७ जिल्लामा सञ्जाल स्थापना गरिएको हो ।
बाबु नभएर जन्मदर्ता गर्न नसकी नागरिकता नपाएका र आमाको नामबाट नागरिकता नपाएकाहरुलाई नागरिकता दिलाउन सञ्जालले सहयोग गर्ने जनाइएको छ ।
वादी समुदायका महिलाहरुले ठूलो संख्यामा नागरिकता नपाएको र उनीहरुका सन्तानलेसमेत नागरिकता नपाएको अध्ययनले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्