काठमाडौं, जेठ ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेपछिका लागि बोलाइएको बैठकमा पोलिटब्यूरो गठन, केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड, सल्लाहकार परिषद् तथा विभिन्न आयोग गठनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएको एक वर्ष पूरा भए पनि एकीकरणका सम्पूर्ण काम सकिएको छैन । नेकपाले यही जेठ मसान्तभित्र एकीकरणका बाँकी सबै काम सम्पन्न गर्ने र गाउँगाउँसम्म एकताको सन्देश पु¥याउन प्रचारात्मक अभियान थाल्ने तयारी गरेको छ ।
यस्तै, बैठकमा केन्द्रीय कमिटी र स्थायी समितिलाई पनि सक्रिय बनाउनेबारे छलफल हुने भएको छ ।
सरकारको आगामी आर्थिक वर्षको बजेटका विषयमा पनि सचिवालय बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्