काठमाडौं, जेठ ४ । शीर्ष वरियताका सर्बियन खेलाडी नोभाक जोकोभिच र दोस्रो वरियताका स्पेनिस खेलाडी रफायल नाडाल ईटालियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
अर्जेन्टिनी खेलाडी हुँवा मार्टिन डेल पोत्रोलाई २–१ को सेटले हराउँदै जोकोभिचले अन्तिम चारमा स्थान बनाएका हुन् । पहिलो सेटमा ४–६ ले पराजित भएका जोकोभिचले त्यसपछिका सेटमा ७–६ र ६–४ को जित हात पारेका हुन् ।
फाइनल प्रवेशका लागि उनले स्टेफानोस सिट सी पाससँग प्रतिस्पर्धा गर्नेछन् ।
तेस्रो वरियताका स्वीस रोजर फेडरर चोटका कारण कोर्टमा नउत्रिएपछि सिट सी पासले वाकओभर पाएर सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
त्यसैगरी नाडालले आफ्नै देशका फर्नान्डो भर्डास्कोलाई २–० ले पराजित गरे । उनले ६–४ र ६–० को सहज जित हात पारेका हुन् । ११ औं वरियताका अर्जेन्टिनी डिएगो स्वार्चम्यानले छैटौं वरियताका जापानी केई निसिकोरीलाई सोझो सेटले पाखा लगाए । उनले ६–४ र ६–२ को सहज जित निकाल्दै निसिकोरीको चुनौती पन्छाएका थिए ।








प्रतिक्रिया दिनुहोस्