Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


बानेश्वरमा सामाजिक संस्थाको नाममा करिब ११ रोपनी जग्गा अतिक्रमण


0
Shares

काठमाडौं, जेठ ४ । एक सामाजिक संस्थाले बानेश्वरको ११ रोपनी जग्गा अतिक्रमण गरेको खुलासा भएको छ ।

बानेश्वरस्थित भद्राकुमारी घले सेवा सदनको नामबाट झण्डै ११ रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत फाइदाका लागि उपयोग गरेको पाइएको हो । सो संस्थाको भवन खोलाको बगरमा बनाइएको छ ।

काठमाडौं महानगरपालिका–१० स्थित देवीनगरमा रहेको बानेश्वरको सिट नम्बर ११४६–०२ कित्ता नम्बर १२, २२३, २२६, १३ र २२५ अन्तर्गतका करिब ११ रोपनी सार्वजनिक जग्गामा भद्रा घले सेवा सदनको नाममा जग्गा लिइएको स्थानमा विभिन्न टहरा, स्कुल, सहकारी संस्था, पसल सञ्चालन भएकाले सो कार्य गैरकानुनी भएको पाइएको हो ।

सेवा सदनको नाममा बोर्ड राखी सो जग्गामा व्यक्तिगत बोर्डिङ र त्रिपक्षीय सहकारी संस्था, व्यक्तिगत गेस्ट हाउस तथा सटर पसल निर्माण गरी भाडामा लगाइएको पाइएकाले तत्काल हटाउन राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन प्रतिवेदनले सरकारसमक्ष सिफारिस गरेको हो । –राजधानी दैनिकबाट