Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


एमालेकै नेतृत्वमा राष्ट्रिय सरकार : नेता खनाल


0
Shares

इलाम, वैशाख ६ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल इलामले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांंग्रेसलगायत अरू दल पनि वर्तमान सरकारमै सहभागी भएर राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिए ।

मधेसका समस्या आधारभूत रूपमा समाधान भएको बताउँदै नेता खनालले मधेसका नाममा अब आन्दोलन गर्न नहुने विचार व्यक्त गरे ।

उनले संविधान लोकतान्त्रिक, प्रगतिशील र समाजवाद उन्मुख रहेको बताउँदै भने, ‘जसरी संविधान बनाउन सबै दल लागियो त्यसरी नै यसको कार्यान्वयनका लागि लाग्नुको विकल्प छैन ।’

केन्द्रीय कमिटीको बैठकबाट एमालेमा गुट उपगुट नभई एकताबद्ध भएर अघि बढ्ने निर्णय भएको जानकारी दिँदै नेता खनालले भने, ‘पार्टीले गरेका निर्णय बमोजिम एक ढिक्का भएर अघि बढ्नुपर्छ ।’

संविधान निर्माणपछि देश आर्थिक क्रान्तितर्फ अघि बढेको बताउँदै उनले देश विकासमा लाग्न सबैसँग आग्रहसमेत गरे ।

सरकारले यसपटक जनमुखी र किसानमुखी बजेट ल्याउन लागेको जानकारी दिए । (रासस)