Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


झुरेन्द्रको साहस : जो चार बर्षदेखि निरन्तर धर्नामा छन् (भिडियो)


0
Shares

-कविराज घिमिरे, ईमेज

धनकुटा, बैशाख ८ । शैक्षिक क्षेत्रमा बढ्दो बिकृतिको अन्त्य गर्न माग गर्दै भोजपुर आम्तेक गाउं विकास समिति वडा नंम्बर ६ का ५८ बर्षिय झुरेन्द्र प्रसाद पराजुली निरन्तर चार बर्ष देखि धर्ना र जागरण अभियानमा छन् ।

विद्यालयमा विषयगत शिक्षक नियुक्ति नभएको, आफन्तबाद, घुसखोरी, बढेको, गुणस्तरीय शिक्षा नभएको लगायतका समस्या बिरुद्ध पराजुली धर्नामा बसेका हुन् ।

सरकारले अरबौं रुपैयाँ  खर्चेर विद्यालय सुधार योजना चलाईरहे पनि सरकारको योजना अनुसार विद्यालयको शैक्षिक गतिविधी सुधार नभए पछि चार बर्ष अघिवाट जिल्ला शिक्षा कार्यालय भोजपुरवाट धर्ना सुरु गरेको पराजुली बताउँछन् ।

जिल्लामा कुनै समाधान नै नभएको भन्दै हाल उनी धनकुटा स्थित पूर्वाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालयको गेटमा धर्ना बस्न आईपुगेका छन् ।

आफ्ना माग पुरा नभए सिंहदरबारमा धर्ना र आमरण अनसन बस्ने योजना रहेको पराजुलीले बताए ।

पराजलीले राखेको मागको विषयमा भोजपुर जिल्ला शिक्षा कार्यालयले पटकपटक राजनीतिकदल, अभिभावक, शिक्षक संग बसेर छलफल गरिसकिएको तथा विषयबस्तु गहन भएपनि सवै माग पुरा गर्न नसकेको जिल्ला शिक्षा कार्यालय भोजपुरको शाखा अधिकृत रेवत पराजुलीले जानकारी दिए ।