
काठमाडौं, वैशाख ८ । नेपाल महिला संघको केन्द्रीय महाधिवेशन आगामी भदौ २९ गतेदेखि सुरु हुने भएको छ ।
महिला संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी केन्द्रीय महाधिवेशन भदौ २९ देखि ३१ गतेसम्म हुने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा महिला संघका अध्यक्ष डा. डिला संग्रौलाले आगामी जेठ ५ गते गाउँ, नगर र वडा अधिवेशन सम्पन्न गर्ने, जेठ १० गते क्षेत्रीय अधिवेशन र १२ गते जिल्ला अधिवेशन गर्ने गरी सबै तयारी पूरा भएको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्