
कन्चनपुर, वैशाख ८ । कन्चनपुरको भीमदत्त नगरपालिकामा कार्यकारी अधिकृतको माग गर्दै स्थानीय जनप्रतिनिधिहरुले बुधबार धर्ना दिएका छन् ।
लामो समयदेखि कार्यकारी अधिकृत नहुँदा नगरपालिकाबाट हुने कामकाज ठप्प भएपछि स्थानीयलाई सास्ती भएको भन्दै उनीहरुले धर्ना दिएका हुन् ।
गत भदौमा कार्यकारी अधिकृत भएर गएका लोकबहादुर सुनार सरुवा भएपछि भीमदत्त नगरपालिकामा हालसम्म चारजना कार्यकारी अधिकृत नियुक्त भइसकेका छन् ।
सात दिनभित्र मन्त्रालयले कार्यकारी अधिकृत नपठाए आन्दोलन कडा बनाउने पनि उनीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्