
काठमाडौं, वैशाख ८ । राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षाविज्ञमा नेपाली सेनाका पूर्वरथी नेत्रबहादुर थापा नियुक्त भएका छन् ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाका दाजुसमेत रहेका थापालाई सुरक्षा विज्ञकोरुपमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
वैशाख १ गतेदेखि लागू हुने गरी थापालाई राज्यमन्त्रीसरहको सेवा-सुविधासहित नियुक्त गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्