
संखुवासभा, वैशाख ९ । भारी वर्षाका कारण संखुवासभाको उत्तरी क्षेत्रमा पहिरो गएकोे छ ।
पाथीभरा–२ सीमागाउँमा विहीबार बिहान गएको पहिरोले ६ जना स्थानीयको घर र खेतमा क्षति पुर्याएको छ ।
प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीकाअनुसार पहिरोले तुलसीमाया गुरुङ, सूर्य पराजुली, कर्णबहादुर गुरुङको खेत पुरिएको छ । ज्ञानबहादुर गुरुङको घर र मकैबारीमा क्षति पुर्याएको छ ।
त्यस्तै, डम्बरकुमारी गुरुङ र सार्की बिकको घरमा क्षति पुगेको छ । पहिरोले करिब २९ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
घटनास्थल सदरमुकाम खाँदबारीबाट ६० किलोमिटर उत्तरमा रहेको छ । पहिरोबाट मानवीय क्षति भने भएको छैन ।
प्रतिक्रिया दिनुहोस्