२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


‘स्थानीय तहको संख्या-सीमानाको अन्तिम प्रतिवेदन फागुनभित्र तयार’


0
Shares

काठमाडौं, वैशाख ९ । नयाँ संविधान बमोजिम स्थानीय तहको पुनःसंरचना गर्ने उद्देश्यले गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले आगामी फागुनभित्र प्रतिवेदन तयार गर्ने भएको छ ।

आयोगले विहीबार स्थानीय विकास मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता डा. हरि पौडेलले साउनभित्र स्थानीय तहको संख्या र सीमाना निर्धारणसम्बन्धी प्रारम्भिक अवधारणा तयार गरी छलफलका लागि सरोकारवालाहरुबीच पुर्‍याउने जानकारी दिए ।

भदौदेखि कार्तिक मसान्तसम्ममा जिल्ला र इलाका तह हुँदै विभिन्न सरोकारवालाहरुसँग छलफल तथा परामर्श गरी प्राप्त सुझावहरुको अध्ययन, विश्लेषणसमेतको आधारमा फागुनभित्र आयोगको अन्तिम प्रतिवेदन तयार गरिने जनाइएको छ ।