२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


सिन्धुपाल्चोकमा फेरि कम्पन


0
Shares

काठमाडौं, वैशाख १० । गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’ गएको एक वर्ष हुन लाग्दासमेत पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।

विहीबार राति (शुक्रबार बिहान) १२ बजेर ४१ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूडको पराकम्पन आएकामा शुक्रबार अपरान्ह ४ बजेर ४९ मिनेटमा सिन्धुपाल्चोकको मांखानजिक केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूडकै पराकम्पन आएको छ ।

१० किलोमिटर गहिराइमा केन्द्रबिन्दू भएर आएको पछिल्लो पराकम्पनको महसुस काठमाडौं उपत्यकासम्म भएको थियो ।

वैशाख १२ देखि अहिलेसम्म ४ म्याग्निच्यूडदेखि माथिका ४ सय ४९ पराकम्पन आइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।