२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘जनताले मागेअनुसारको सूचना नदिनेहरु कारबाहीको भागिदार’


0
Shares

पोखरा, वैशाख १० । सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सबै सरकारी तथा गैरसरकारी कार्यालयबाट सूचना पाउनु आम नागरिकको नैसर्गिक अधिकार भएको बताएका छन् ।

राष्ट्रिय सूचना आयोग स्थापनाको आठौं वर्ष पुगेको अवसरमा शुक्रबार पोखरामा आयोजित क्षेत्रीय अभिमुखीकरण कार्यक्रममा उनले ‘संविधानमा सूचनाको हकसम्बन्धी स्पस्ट व्यवस्था रहेकाले जनताले मागेअनुसारको सूचना नदिनेहरु कारबाहीको भागिदार हुन्छन्’–भने ।