Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


एमाओवादीको नेतृत्वमा राष्ट्रिय एकता अभियान आवश्यक: अध्यक्ष दाहाल


0
Shares

दाङ,बैशाख ११ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले एमाओवादीको नेतृत्वमा राष्ट्रिय एकताको अभियान थाल्न आवश्यक भएको बताएका छन् ।

नेपाल बुद्धिजीवी सङ्गठन दाङको वार्षिक भेलाको शुक्रबार उद्घाटन गर्दै उनले सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेशिता लागू गर्न बृहत्तर राष्ट्रिय एकता आवश्यक भएको बताए ।

“जनयुद्ध र शान्ति प्रक्रियाको नेतृत्व गरिसकेको हैसियत र अहिलेको आवश्यकताको आधारमा राष्ट्रिय एकताको नेतृत्वले एमाओवादीले नै गर्छ,” उनले भने – “पुँजीवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्ति पूरा गर्न सबै केन्द्रित हुनुपर्छ ।”

राजनीतिक रुपमा उपलब्धि हासिल भए पनि जनताका आवश्यकता अझै पूरा हुन नसकेकाले क्रान्तिकारी शक्ति गोलबन्द हुनुपर्ने उनको भनाइ थियो ।

क्रान्तिको नेतृत्व गरेको माओवादी शक्ति विभाजित हुँदा सबैको चित्त दुखेको प्रसङ्ग कोट्याउँदै अध्यक्ष दाहालले सबै माओवादी शक्ति एक ठाउँमा आउन जरुरी भएको धारणा व्यक्त गरे ।

सङ्गठनका हिसाबले एमाओवादी कमजोर भए पनि एजेन्डाको आधारमा एमाओवादी एक नम्बरको पार्टी उनको दाबी थियो । सङ्गठनका संयोजक अरुणकुमार शर्माका अनुसार भेलाले नयाँ नेतृत्वको पनि चयन गर्ने छ । -रासस