२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


पत्रकारलाई समितिले सिफारिस गरेको न्यूनतम् पारिश्रमिक लागू हुने निश्चित : सन्चारमन्त्री


0
Shares

काठमाडौं, वैशाख ११ । सूचना तथा सन्चारमन्त्री शेरधन राईले पत्रकारहरुलाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पारिश्रमिक लागू हुने निश्चित भइसकेको बताएका छन् ।

नेवाः पत्रकार राष्ट्रिय दवुको दोस्रो महाधिवेशनको अवसरमा शनिबार कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले सन्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सन्चार मन्त्रालयले काम थालिसकेको बताएका हुन् ।

मन्त्री राईले जनचाहनाअनुसार मुलुकमा संविधान जारी भइसकेकाले त्यसको कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्ने बताए ।

समृद्ध नेपालको चाहनालाई पूरा गर्न सन्चार क्षेत्रले पनि सहयोग पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पनि न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पारिश्रमिक सरकारले तत्काल लागू गर्नुपर्ने बताए ।