२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


‘भवन लडेर किच्ला कि भन्ने डरै–डरमा सेवा दिनुपरेको छ’


0
Shares

युवराज रोइला (इमेज)
खोटाङ, वैशाख ११ । भूकम्पले जीर्ण बनाएको इलाका प्रशासन कार्यालय खोटाङको भवन पुनःनिर्माण नहुँदा कर्मचारी र सेवाग्राही मर्कामा परेका छन् ।

भूकम्प गएको लामो समयसम्म पनि अर्को व्यवस्था नहुँदा त्यही जीर्ण भवनबाट सेवा दिनुपर्ने बाध्यतामा कर्मचारी छन् ।

भूकम्पले हल्लाएर जताततै चिरिएको भवन कुनैपनि बेला भत्कने अवस्थामा छ । भवन भत्किएको एक वर्ष पुग्दासमेत मर्मत हुन सकेको छैन ।

‘भवन लडेर किच्ला कि भन्ने डरै–डरमा सेवा दिनुपरेको’ इलाका प्रशासन कार्यालय खोटाङका शाखा अधिकृत दिगम्बर यादव बताउँछन् ।

सातजनाको दरबन्दी रहेको प्रशासन कार्यालयमा हाल चारजनामात्र कर्मचारी छन् । ती कर्मचारी सेवाग्राही आएका बेलामामात्र भवनमा पस्ने गरेका छन् ।

इलाका प्रशासन कार्यालयमा दैनिक ४० देखि ५० जना नागरिकता, राहदानी बनाउनका लागि आउने गरेका छन् ।