
काठमाडौं, वैशाख ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका हिमाल मिडियाका प्रकाशक तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
अनियन्त्रित उच्च रक्तचाप र मुटुको अनुगमनका लागि दीक्षितलाई शनिबार वीर अस्पतालको सघन उपचार कक्ष (आइसीयु)मा भर्ना गरिएको हो ।
अख्तियारले अनुसन्धानमा असहयोग गरेको भन्दै दीक्षितलाई शुक्रबार पक्राउ गरेको थियो ।
दीक्षितको रक्तचाप १८० सम्म पुगेको उनको पारिवारिक स्रोतले जनाएको छ । रक्तचाप घटबढ भइरहेकोसमेत जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्