२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


चट्याङ लागेर फुटबल हेरिरहेका दुईको मृत्यु, १३ जना घाइते, चार गम्भीर


0
Shares

अपडेटः
खोटाङ, वैशाख ११ । खोटाङमा अचानक हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर शनिबार दुईजनाको मृत्यु भएको छ ।

बाक्सिला फुटबल क्लबको आयोजनामा भइरहेको फुटबल खेल हेरिरहेका दर्शक सप्तेश्वर गाविस–३ का ६० वर्षीय जगतबहादुर राई र नुनथला गाविस–१ मौरेकी ७३ वर्षीया दिलशोभा राईको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घाइते १३ जनामध्ये गम्भीर अवस्थाका चारजनालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।