
काठमाडौं, वैशाख १२ । गत वर्ष वैशाख १२ गतेको महाभूकम्पमा आफ्नै घरको भग्नावशेषमा पुरिएको २२ घण्टापछि जिवितै उद्धार गरिएका भक्तपुरका सोनिस अवाललाई नेपाली सेनाले शैक्षिक वृत्ति उपलब्ध गराउने भएको छ ।
प्रधान सेनापति राजेन्द्र क्षत्रीले आज सोनिस अवाललाई स्नातकसम्मको शैक्षिक वृत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।
सेनाले सोनिसलाई भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय विद्यालयमा कक्षा ६ देखि स्नातक तहसम्मको शैक्षिक वृत्ति उपलब्ध गराउने छ ।
अहिले १७ महिनाको रहेका सोनिसलाई कक्षा ५ सम्म अभिभावकले व्यवस्था गरेकै विद्यालयमा पढ्नका लागि सेनाले आवश्यक खर्च दिने छ भने कक्षा ६ देखि सैनिक विद्यालयमा आवासीय शिक्षा प्रदान गरिने छ । भूकम्पको भग्नावशेषमा पुरिएका ५ महिने बालक सोनिसलाई सेनाको उद्धार टोलीले जिवितै उद्धार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्