
काठमाडौं, वैशाख १२ । विशेष अदालतले हिमाल मिडियाका प्रकाशक तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।
आज विशेष अदालतमा भएको बहसपछि अदालतका अध्यक्ष महेश भट्टराई, सदस्यहरु प्रभा बस्तेत र महेश पुडासैनीको इजलासले पक्राउ परेको मितिबाट लागू हुनेगरी दीक्षितलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
बीर अस्पतालमा उपचार गराइरहेका कारण दीक्षितलाई भने अदालतमा उपस्थित गराइएको थिएन । अकुत सम्पत्ति आर्जन र अनुसन्धानमा असहयोग गरेको भन्दै अख्तियारले दीक्षितलाई शुक्रबार पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्