२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


नयाँ संविधान आएपछि ३,६७२ लाई वैवाहिक अंगीकृत नागरिकता


0
Shares

काठमाडौं, वैशाख १३ । संविधानसभाबाट नयाँ संविधान जारी भएपछिको सात महिनामा नेपालीसँग विवाह गरेका ३ हजार ६ सय ७२ विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । उनीहरुले तराई–मधेसका २० जिल्लाबाट नेपाली नागरिकता पाएका हुन् ।

संविधान जारी भएपछि तराई–मधेसका जिल्लामा हरेक महिना अंगीकृत नागरिकता लिनेको संख्या बढ्दै गएको छ । वैवाहिक अंगीकृत पाएकाहरुमा अधिकांश नेपालीसँग विवाह गरेका भारतीय चेली रहेको जानकारी तराई–मधेसका जिल्ला प्रशासकहरुले दिए ।

असोज ३ मा संविधान जारी भएपछि पुस मसान्तसम्मको चार महिनाको अवधिमा एक हजार ७५ विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका थिए । माघदेखि चैत मसान्तसम्मको तीन महिनाको अवधिमा साढे दुई गुणा बढी अर्थात् २ हजार पाँच सय ८८ ले अंगीकृत नागरिकता लिएका छन् ।

संविधानले नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलालाई अंगीकृत नागरिकता पाउने व्यवस्था गरेको छ ।

–कान्तिपुर दैनिकबाट