Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


संविधान संशोधनप्रति अमेरिका खुसी


0
Shares

काठमाडौं, वैशाख १४ । अमेरिकाले नेपालीको आफ्नै प्रयासमा संविधानसभाबाट जारी संविधान र देखिएको समस्या समाधानका लागि भएको प्रयासप्रति खुसी व्यक्त गरेको छ ।

राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन न्युयोर्क पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटवार्तामा अमेरिकी विदेशमन्त्री जोन केरीले संशोधनबाट सहमति कायम हुँदै समस्या समाधानको बाटोमा गएको उल्लेख गर्दै अब दिगो शान्तितर्फ अघि बढ्ने विश्वास अमेरिकाको रहेको बताए ।

संविधान जारीलाई कोसेढुंगा भन्दै बधाइ दिएको अमेरिकाले दिगो शान्ति र विकासमा साथ दिने बताएको छ । मधेस समस्याको विषयमा शब्द पनि उच्चारण नगरी विदेशमन्त्री केरीले बाँकी रहेको समस्या समाधानमा नेपाली स्वयं सक्षम रहेको बताए । नेपाली राजनीतिको ‘सहमति संस्कार’ को प्रशंसा गर्दै उनले बाँकी मुद्दाहरु पनि सहमति र सहकार्यबाट समाधान गर्दै विकास प्रक्रियामा नेपाल अघि बढ्ने विश्वास अमेरिकाले लिएको उल्लेख गरे ।
–कान्तिपुर दैनिकबाट

Skip This