
लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, वैशाख १४ । दक्षिणी पर्वतको हुवासमा मंगलबार बिहेभोजको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् ।
स्याङ्जाको कालिकाकोटबाट पर्वतको त्रिवेणीतर्फ जाँदै गरेको बस हुवास गाविस–९ करादीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी स्याङ्जा, कालीकाकोट–९ की ५५ वर्षीया कृष्णकुमारी खाम्जाको मृत्यु भएको हो ।
घाइतेहरुमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र घाइतेहरुलाई उपचारका लागि वालिङ पठाइएको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिएका छन् ।
साँघुरो सडकको घुम्तीमा मोड्नेक्रममा दुर्घटना भएको बस सडकबाट ४० मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्