Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


फोरम लोकतान्त्रिक नाम फेर्ने तयारीमा


0
Shares

काठमाडौं, वैशाख १५ । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को नाम परिवर्तन हुने भएको छ ।

वैशाख २०–२२ गते विराटनगरमा हुने प्रथम राष्ट्रिय अधिवेशनबाट पार्टीले ‘मधेसी जनअधिकार’ शब्दावली निकालेर नयाँ नाम जुराउने भएको हो ।

अहिले नयाँ विधान मस्यौदा लेखनमा जुटेको पार्टीका लागि तीनवटा नाम केन्द्रीय समितिमा प्रस्ताव गरिएको महाधिवेशन प्रचारप्रसार उपसमिति संयोजक डा. सुवोधराज पोखरेलले बताए । ‘नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय लोकतान्त्रिक फोरम र नेपाल लोकतान्त्रिक पार्टी गरी तीन नाम प्रस्ताव भएका छन्,’ उनले भने, ‘यी तीनमध्ये कुन छान्ने निश्चित भइसकेको छैन तर नाम फेरिने निश्चित नै हो ।’

केन्द्रीय समिति सदस्यबीचमा पनि पार्टीको नाम परिवर्तन गर्ने विषयमा सैद्धान्तिक सहमति जुटिसकेपछि उक्त नाम प्रस्ताव गरिएको डा. पोखरेलले जानकारी दिए ।

–नागरिक दैनिकबाट