
-केदार कटुवाल, ईमेज
उदयपुर, बैशाख १५ । सप्तरीको सप्तकोसी नगरपालिका–१ स्थित फत्तेपुरमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमसेर राणाले आफैं बस्नका लागि बनाएको भवन खण्डहरमा परिणत भएको छ ।
भवन पूर्ण रुपमा चर्किएर भत्कने अवस्थामा पुगेको छ । भवन क्षेत्र वरपर बजारको फोहर फाल्ने गरिएको छ भने यो क्षेत्र गौचरण जस्तै बनेको छ ।
ईंटा र सुर्कीबाट १ सय २५ वर्ष अघि सोही स्थानमा निर्माण गरिएका एक दर्जनभन्दा बढी भवन चन्द्रनहर डिभिजन कार्यालय सप्तरीको उदासिनताका कारण भग्नावशेमा परिणत भएका हुन् ।
ती भवन मध्ये एउटामा प्रहरी चौकी फत्तेपुरको कार्यालय र अर्कोमा सशस्त्र प्रहरी बेश क्याम्प रहे पनि बाँकी भवन बेवारिसे अवस्थामा छन् ।
सोही स्थानमा चन्द्रशमसेरले चन्द्रनहर समेत निर्माण गरेका थिए । जुन अहिले पनि सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्