२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


धनकुटामा जन्ती बस दुर्घटना, चालकको मृत्यु(भिडियो हेर्नुहोस)


0
Shares

धनकुटा, वैशाख १५ । धनकुटा जिल्लाको जितपुरबाट जन्ती लिएर इटहरीतर्फ आउँदै गरेको को१ख २९३२ नम्बरको बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान धनकुटा नगरपालिका–३ को आत्मारामा दुर्घटना हुँदा बस चालक धरान–१५ निवासी विजय लामिछानेको घटनास्थलमा नै मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

उनी च्यापिएको अवस्थामा मृत फेला परेको ट्राफिक प्रहरीले बताएको छ । अहिले सडक अवरुद्ध छ । सो घटनाका दुई पुरुष र तीन महिला घाइतेको धनकुटा जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक सुरेन्द्र खड्काले जानकारी दिए ।

अन्य जन्ती केही सामान्य घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।