Logo ११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026


दीक्षितको स्वास्थ्यमा सुधार


0
Shares

काठमाडौं, वैशाख १५ । सन्चारउद्यमी एवं पत्रकार कनकमणि दीक्षितको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अकुत सम्पत्ति राखेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत शुक्रबार नियन्त्रणमा लिएसँगै उच्च रक्तचापको सामान्य उपचारका लागि भनी अस्पताल लगिएका दीक्षितको शनिबार बिहान एक्कासि रक्तचाप अनियन्त्रित भएपछि वीर अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा राखिएको थियो ।

उनको उपचारमा संलग्न चिकित्सक मनेन गोर्खालीले रक्तचाप नियन्त्रित भइरहेको जानकारी दिए ।

उनले भने–‘अहिले उहाँको स्वास्थ्यमा सुधार भएको छ । रक्तचापका कारण मिर्गाैलामा केही असर देखिए पनि आज आएको ‘रिपोट’ सामान्य देखिएको छ ।’

दीक्षितलाई हिँड्दा छाती भारी हुने समस्या देखिएकाले उनको मुटुको इसीजी तथा रगतको पनि परीक्षण गर्ने तयारी गरेको डा. गोर्खालीले बताए । रासस