
काठमाडौं, वैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि आफ्ना कार्यकर्ता परिचालन गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् ।
भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा खटिने इन्जिनियरहरुलाई दिइएको तालिम समापन कार्यक्रममा बुधबार प्रधानमन्त्री ओलीले मुलुक पुनःनिर्माणका लागि कार्यकर्ताहरुलाई परिचालन गर्न राजनीतिक दलहरुलाई आह्वान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले देशको पुनःनिर्माणका लागि नेपालीहरु आफैं सक्षम रहेको भन्दै नवनिर्माणका काममा लाग्न युवाहरुलाई आह्वान गरे ।
उनले मुलुकको पुनःनिर्माणका लागि सिद्धान्तमा उभिएर जनतामुखी भएर काम गर्न इन्जिनियरहरुलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले पुनःनिर्माणको काम गर्दा भूकम्पप्रतिरोधी संरचना निर्माणमा ध्यान दिन आग्रह गर्दै अहिले खटिने इन्जिनियरहरुलाई इमान्दारितापूर्वक जनताको सेवा गर्न निर्देशन दिए ।
कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणको लागि प्रत्येक वडामा दुईजना इन्जिनियरसहित १३ सय ४६ जना परिचालन गरिएको जानकारी दिए ।
नवनियुक्त इन्जिनियरहरुलाई दुई दिनसम्म आधारभूत तालिम दिइएको थियो । उनीहरु विहीबार (भोलि)देखि कार्यस्थलमा खटिने भएका छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्